महिला सिपाहीले आफ्नै पेटमा किन गोली हानिन् ?

हिजो साँझ ब्यारेकभित्र गोली हानेर मर्ने सैनिक महिला भएको पुष्टि भएको छ । कपिलवस्तुको गोरुसिङ्गेस्थित समशेरदल गणको ड्युटीमा तैनाथ सिपाही कोपिला राजवंशीले आफैँले गोली हानेर आत्महत्या गरेको सेनाले जनाएको छ ।

ब्यारेकभित्र तत्काल प्रहरीलाई छिर्न नदिएको सेनाले कोपिलालाई पछि भैरहवाको मेडिकल कलेज पुर्याएको थियो । तर आज बिहान अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

सिपाही राजवंशीले साँझ आफ्नै पेटमा गोली हानेको बताइन्छ । ड्युटीमा रहेकी उनले आत्महत्या गर्नुलाई अर्थपूर्ण ठानिएको छ । उनले आफैँले बोकेको एम १६ राइफल चलाएकी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार