ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट, एक जनाको मृत्यु

काठमाडौं । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको छ । अहिले १० बजेतिर भएको विष्फोटमा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ । अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार