असन्तुष्टि केही दिनमै साम्य हुन्छ : प्रचण्ड

कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनबारे असन्तुष्टिका स्वरहरू सुनिनु लोकतन्त्रको सुन्दर पक्ष भएको बताएका छन् ।

सत्तारुढ गठबन्धनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको भागवण्डा टुंग्याएपछि गठबन्धनभित्र असन्तुष्टि देखिएकोबारे पत्रकारहरूको प्रश्नमा उनले असन्तुष्टिका स्वरहरू स्वाभाविक भएकाले केही दिनमा शान्त हुने आशा व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले पत्रकारहरूसँगको अन्तरक्रियामा भने, ‘टिकट वितरण गर्दा एउटा पार्टीभित्र त असन्तुष्टि देखिन्छ, यहाँ त गठबन्धनको कुरा छ । तर, असन्तुष्टि धेरै ठूलो छैन । असन्तुष्ट रहनुभएका साथीहरूले पनि केही दिनमा कुरा बुझ्नुहुन्छ । यो शान्त र साम्य हुन्छ भन्ने आशा लिएको छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार