एमालेले आज दिउँसो बालकोटबाट उम्मेदवार टुंग्याउने

नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक आज दिउँसो १ बजे डाकेको छ । बैठकले आगामी स्थानीय तहको निर्वाचनमा छ वटा महानगर र ११ वटा उपमहानगरका मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाउने बताइएको छ ।

बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा डाकिएको हो । आजै बिहान केन्द्रीय सल्लाहकार परिषद्को बैठक पनि बोलाइएको छ ।

परिषद्को प्रथम बैठक बिहान ११ बजे शंखमूलस्थित एउटा पार्टी प्यालेसमा बस्न लागेको हो । उक्त बैठकको उद्घाटन पार्टी अध्यक्ष ओलीले गर्नुहुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार