दाङ । माओवादी केन्द्र समर्थक तथा संचारकर्मी एवं साहित्यकार के एल बुढाथोकीले पाटी परित्याग गर्नुभएको छ । नेपाल पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष समेत रहेका बुढाथोकीले पाटी परित्याग गरेको घोषणा गर्नुभएको छ । २०४६ साल देखी राजनितिक आन्दोलनमा लाग्नु भएका बुढाथोकीले तत्कालिन जनयुद्धको समयमा माओवादीलाई समर्थन गर्दै आउनु भएको थियो ।
तर पछिल्लो समय माओवादी केन्द्रले गलत बाटो अपनाएको भन्दै उहाले नैतिकताको आधारमा पाटी परित्याग गरेको बताउनुभयो । पाटी भित्र चरम गुटबन्दी,नाताबाद र कृपावादले झेलिएको भन्दै आफुले नैतिकताको आधारमा पाटी परित्याग गरेको बताउनुभयो ।
यस अघि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य जीवन गौतमले गत सोमवार घोराहीमा पत्रकार सम्मेलन गरी पाटी परित्यागको घोषणा गर्नुभएको थियो । यस्तैगरी गत चैतमा नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पुर्व सभामुख कृष्ण बहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले पनि पार्टी परित्याग गर्नुभएको हो ।