‘तोकिएकै समयमा स्थानीय तह निर्वाचन हुन्छ’

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तोकिएकै समयमा स्थानीय तह निर्वाचन हुने दाबी गरेका छन् ।

बुधबार गृहजिल्ला रुपन्देहीमा मन्त्री खाँणले निवासमै आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन समयमै हुने दाबी गरेका हुन् ।

उनले निर्वाचन हुँदैन कि भनेर आशंका नगर्न सबैलाई आग्रह गरे । उनले समयमै स्वच्छ र निस्पक्ष निर्वाचन गराउने र यसमा सरकार प्रतिबद्ध रहेको जनाए ।

उनले निर्वाचन सर्छ भनेर बाहिर आएका सबै कुरा गलत भएको बताए । यस्तै, गृहमन्त्री खाँणले बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सत्ताघटक दलहरुबीच गठबन्धन हुने जनाए ।

अहिलेको सरकार गठबन्धनबाट नै निर्माण भएकाले पाँच दलीय गठबन्धन कायमै रहने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार