चीनले आक्रमण गर्यो भन्दै ताइवानको टेलिभिजनले समाचार प्रसारण गरेपछि…

काठमाडौं। युक्रेनमाथि रुसले आक्रमण गरिरहेको समयमा चीनले पनि ताइवानमा आक्रमण गर्नसक्छ भन्ने आशंकाबीच बुधबार बिहानै ताइवानको एक टेलिभिजनले चिनियाँ सेनाले ताइवानमा आक्रमण गरेको भन्दै समाचार प्रसारण गरेको छ।

तर उक्त समाचार गलत थियो। एनडीटीभीका अनुसार चाइनिज टेलिभिजन सिस्टम टिभीले समाचार गलत प्रसारण भएको भन्दै माफी मागेको छ।

बुधबार बिहानै सरकारको समर्थन प्राप्त यस टेलिभिजनले चीनले आक्रमण गरेको भन्दै समाचार प्रसारण गरेपछि ताइवानका सर्वसाधारण आतंकित बनेका थिए।

सो टिभीले चिनियाँ सेनाले मिसाइल प्रहार गरेको दृश्यहरु पनि देखाएको थियो। यद्यपी प्राविधिक गडबडीका कारण गलत खबर प्रसारण भएको बताइएको छ।

चीनले ताइवानलाई आफ्नो प्रान्त मान्दछ। यद्यपी ताइवानले चिनियाँ नीति ताइवानमा लागू नहुने भन्दै अमेरिकाबाट हतियार खरिद गरिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार