राजकुमार हिरानीसँग पहिलो पटक सहकार्य गर्दै शाहरुख

बलिउड स्टार शाहरुख खान निर्माता राजकुमार हिरानीको फिल्ममा काम गर्ने भएका छन् ।

शाहरुखले सामाजिक सञ्जालमा एउटा भिडियो गर्दै आगामी फिल्म ‘डंकी’ मा अभिनय गर्न लागको बताए ।

जसमा उनले फिल्मको नाम खुलाएका छन् । यो फिल्म राजकुमार हिरानीको ड्रिम प्रोजेक्ट हो ।

शाहरुख र राजकुमार यो फिल्म मार्फत पहिलो पटक सँगै काम गर्न लागेका हुन् ।

शाहरुखको यो फिल्म जियो स्टुडियो, रेड चिलीज इन्टरटेनमेन्ट र राजकुमार हिरानी फिल्म्सले संयुक्त रूपमा प्रस्तुत गर्नेछन् ।

यस फिल्ममा शाहरुख खानसँग तापसी पन्नु मुख्य भूमिकामा देखिनेछिन् । फिल्मलाई राजकुमार हिरानी, ​​अभिजात जोशी र कनिका ढिल्लनले लेखेका हुन् ।

फिल्म २२ डिसेम्बर २०२३ मा सिनेमाघरमा रिलिज हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार