ठूला बडा दिनहुँ आकाशमार्गबाट आउने जाने

केही समयदेखि राजनीतिक दलका नेता,मन्त्री तथा उच्चपदस्थ सरकारी अधिकारीहरु स्वदेशभित्र मात्रै होइन, यताबाट विदेश र विदेशबाट स्वदेश धाउने क्रम बढेको छ । दलका नेताहरुले हवाइजहाजको सट्टा हेलिकप्टर नै प्रयोग गर्ने प्रवृत्ति पनि बढेको छ ।

सोही क्रममा हिजो यति एयरको काठमाडौं–पोखरा उडानबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बिहान सबेरै त्यसतर्फ जानुभएको छ । उहाँ सवा ७ बजे त्यसतर्फ उड्नुभएको हो ।

हिजै सौर्य एयरको काठमाडौं–भैरहवा उडानमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन पनि बिहान सवा ७ बजे त्यहाँ जानुभएको छ ।

बुद्ध एयरको काठमाडौं–भद्रपुर उडानमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल हिजो बिहान ८ बजे झापा जानुभयो ।

बुद्ध एयरको काठमाडौं–सुर्खेत उडानमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र भारतका नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थी साढे ८ बजे सुर्खेत जानुभएको हो । हिजै बुध्द एयरको काठमाडौं–भैरहवा उडानमा बिहान ९ बजे लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद के.सी. र पूर्वमन्त्री छविलाल विश्वकर्मा जानुभएको थियो ।

श्री एयरको हिजो बिहान सवा ९ बजे काठमाडौं–विराटनगर उडानमा प्रदेश नम्बर १ का पूर्वमुख्यमन्त्री शेरधन राई,पूर्वमन्त्री अम्बिरबाबु गुरुङ त्यसतर्फ जानुभएको छ ।

नेपाल वायुसेवाको हिजो बिहानको उडानमा क्यानाडाका गैह्रआवासीय राजदूत क्यामरुन डिन मेके र डोमिनिकन रिपब्लिकनका गैह्रआवासीय राजदूत इमानुएल बुचेल साढे ८ बजे दिल्ली जानुभएको छ । सोही उडानमा पूर्वप्रधानसेनापति गौरवसमशेर जबरा पनि हुनुहुन्थ्यो ।

उता बुद्व एयरको हिजो बिहान सवा १० बजेको उडानमा नेपालगञ्जबाट जनता समाजवादी पार्टीका नेता मोहमद ईस्तियाक राई काठमाडौं आउनुभयो भने बुध्द एयरकै बिहान साढे १० बजे काठमाडौं–विराटनगर उडानमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन,नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे त्यता जानुभयो ।

हिजो बुद्ध एयरको साढे ११ बजेको काठमाडौं–भरतपुर उडानमा नेपाली काँग्रेसका नेता डा.सशांङ्क कोइराला र बुद्ध एयरको मध्यान्ह सवा १२ बजेको उडानबाट नेकपा एमालेका सचिव रघुवीर महासेठ जनकपुर जानुभएको छ ।

टर्किस एअरको इस्तानबुल–काठमाण्डौं उडानमा राधेराधे धर्म गुरु तथा रुसी नागरिक निना ओवोलोन्कोभा हिजो बिहान पौने १२ बजे काठमाडौं उत्रिनुभएको छ । बुद्ध एयर काठमाडौं–पोखरा उडानबाट नेकपा एमालेकी नेतृ तथा सचिव पद्मा अर्याल दिउँसो २ बजे त्यसतर्फ जानुभएको छ ।

यति एयरको पोखरा–काठमाडौं उडानमा बेलायती सेनाका मेजर जनरल जोनाथन कोल दिउँसो २ बजे काठमाडौं आउनुभएको छ । हिजो दिउँसो सवा ३ बजे बुध्द एयरको काठमाडौं–जनकपुर उडानमा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि त्यसतर्फ जानुभएको छ ।

यति एयरको विराटनगर–काठमाडौं उडानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादव दिउँसो सवा ३ बजे काठमाडौं र बुद्व एयरको सिमरा–काठमाडौं उडानमा नेपाली काँग्रेसका महामन्त्री गगन थापा पौने ४ बजे काठमाडौं ओर्लनुभएको छ ।

हिजै इण्डिगो एअरबाट दिल्ली–काठमाडौं उडानमा नेपालका लागि इजरायलका राजदूत हानान गोडेर र नेपालका लागि इस्टोनियाका गैह्रआवासीय राजदूत केटरिन किवी पौने ४ बजे काठमाडौं आउनुभएको छ । सोही उडानमा भाजपाका नेता तथा लोकसभाका सदस्य सुशीलकुमार सिंह पनि हुनुहुन्थ्यो ।

सिंगापुर एयरको उडानमा एसियाली विकास बैंकका उपाध्यक्ष सिछिन चेन सवा ३ बजे त्यसतर्फ जानुभएको छ ।

त्यसैगरी बुद्ध एयरको भरतपुर–काठमाडौं उडानमा नेपाली काँङ्ग्रेसका नेता डा.शशांङ्क कोइराला साँझ ५ बजे राजधानी फर्कनुभयो । बुद्ध एयरको काठमाडौं–भैरहवा उडानमै साँझ ५ बजे नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी त्यता जानुभएको छ ।

बुद्ध एयरको काठमाण्डौ–सिमरा उडानमा साँझ साढे ५ बजे पूर्वराष्ट्रपति डा.रामवरण यादव र यति एयरको बिराटनगर–काठमाडौं उडानमा नेकपा एमालेका नेता भानुभक्त ढकाल काठमाडौं आउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार