अमेरिका र पश्चिमा मुलुकको कारण युक्रेनमा आफ्नो सैन्य कारबाही लम्बिएको रुसको दाबी

एजेन्सी । अमेरिका तथा पश्चिमा मुलुकको कारण युक्रेनमा जारी आफ्नो सैन्य कारबाही लम्बिएको रुसले दाबी गरेको छ।

यो सैन्य कारबाही लामो समयसम्म जारी राख्न अमेरिका र पश्चिमा मुलुकले सकेसम्मको प्रयास गरेको रुसका रक्षामन्त्री सर्गेई शोइगुले आरोप लगाएका हुन् ।

शोइगुले अमेरिका र पश्चिमी मुलुकले युक्रेनलाई बढाइरहेको विदेशी हतियार आपूर्तिको लक्ष्य युक्रेनलाई अन्तिम समयसम्म लडाउनु रहेको दाबी गरे।

उनले रुसी सेनाले डोनेट्स लुहान्स्कलाई स्वतन्त्र गराउन एकपछि अर्को व्यवस्थित कदम चालिरहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार