रुसी हमलामा ५० लाख युक्रेनी विस्थापितः राष्ट्रसंघ

किभ । रुसी हमलाका कारण करिब ५० लाख युक्रेनीले देश छाडेका राष्ट्रसंघले जनाएको छ । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय निकाय यूएनएचसीआरका अनुसार २४ फेब्रुवरीमा रुसले युक्रेनमाथि हमला सुरु गरेपछि ४९ लाख ८० हजार ५८९ युक्रेनीले देश छाडेका छन् । उनीहरु युरोपका विभिन्न देशमा शरणार्थी बनेका छन् ।

आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठन आईओएमका अनुसार विभिन्न देशबाट युक्रेन पुगेका तेस्रो देशका २ लाख १५ हजार नागरिकले पनि युक्रेन छाडेका छन् । तीमध्ये अधिकांश विद्यार्थी र आप्रवासी मजदुर छन् ।

अधिकारीहरुले यसलाई युरोपमा विश्वयुद्धपछिकै ठूलो शरणार्थी संकट बताएका छन् । रुसी हमलामा लाखौँ युक्रेनी देशभित्रै पनि विस्थापित भएका छन् ।युक्रेनमाथि दोस्रो चरणको हमला गरेको रुसले पछिल्ला दिनमा आफ्नो आक्रमण पूर्वतर्फ केन्द्रित गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार