नेपालका न्यायाधीश नयाँ दिल्लीबाट, भारतका काठमाडौंबाट

हिजो पनि विशिष्ट व्यक्तिहरु हवाइ उडानबाट काठमाडौं छाड्ने,भित्रिने र नेपाल छिर्ने गरेका छन् । त्यसमध्ये भिस्तारा एयरलाइन्सको उडान नम्बर युके १५५ नयाँ दिल्ली–काठमाडौंबाट सर्वोच्च अदालतका पूर्वप्रधानन्याधीश केदारनाथ उपाध्याय दिउँसो साढे ४ बजे स्वदेश आउनुभएको छ ।

उता भारतको पटना उच्च अदालतका न्यायाधीश सञ्जय करोल बुध्द एयरको उडानबाट जनकपुर जानुभएको छ । उहाँ हिजो दिउँसो पौने ३ बजे त्यसतर्फ जानुभएको हो । उहाँ जनकपुरबाट स्थलमार्ग हुँदै बिहारको राजधानी पटना जाने बताइएको छ ।

हिजै बुध्द एयरको काठमाडौं–सुर्खेत उडानबाट कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र महालेखापरिक्षक टंकमणि शर्मा पौने ८ बजे त्यसतर्फ जानुभएको छ । कतार एअरको उडानबाट पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपाने बिहान १० बजे दोहाबाट काठमाडौं आउनुभएको छ ।

श्री एयरको उडानमव पूर्व सिँचाइमन्त्री सञ्जय गौतम नेपालगन्जबाट हिजो बिहान ११ बजे काठमाडौं आउनुभएको छ । हिजो यती एयरको मध्यान्ह सवा १२ बजेको उडानबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भद्रपुर जानुभएको छ ।

बुद्ध एयरको उडानबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना हिजो दिउँसो साढे १ बजे नेपालगञ्जबाट आउनुभएको छ । बुद्ध एयरको काठमाडौं–धनगढी उडानमा पूर्वमन्त्री एनपी साउद दिउँसो सवा ४ बजे त्यसतर्फ जानुभएको थियो ।

श्री एयरको भैरहवा–काठमाडौं उडानमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन सवा ४ बजे राजधानी ओर्लनुभएको भैरहवा विमानस्थल स्रोतले जानकारी दिएको छ ।हिजै बुध्द एयरको उडानमा भरतपुरबाट नेपालका लागि भारतीय कार्यवाहक राजदूत (चार्ज डे अफेयर्स) नमग्या छोतेन खाम्पा अपरान्ह ५ बजे काठमाडौं आइपुग्नुभएको छ ।

पूर्वमन्त्री महेश बस्नेत पनि भरतपुरबाट हिजै बुद्ध एअरमा सवा ५ बजे काठमाडौं फर्कनुभएको छ । उता प्रदेश नम्बर १ का पूर्वमन्त्री हिक्मत कार्की बुद्ध एअरको उडानमा साँझ ६ बजे काठमाडौंबाट विराटनगर जानुभएको छ ।

बुद्ध एयरकै उडानमा बिराटनगरबाट शिक्षामन्त्री देवेन्द्र पौडेल र प्रदेश नम्बर १ का सभामुख प्रदीप भण्डारी साँझ छ बजे काठमाडौं आउनुभएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार