रणवीरका सालीहरूले जुत्ता लुकाएर मागे १८ करोड, पाए १ प्रतिशत भन्दा कम

मुम्बई । बलिउड अभिनेता रणवीर कपूर र आलिया भट्टको विवाहको चर्चा अझै सेलाइसकेको छैन । अप्रिल १४ मा हिन्दु परम्पराअनुसार विवाह गरेका उनीहरूको यतिबेला जुत्ता लुकाउँदा रणवीरका सालीहरूले मागेको रकमको चर्चा भइरहेको छ ।

रिपोर्टकाअनुसार रणवीरका सालीहरूले जुत्ता लुकाएबापत भारु ११.५ करोड (नेपाली १८ करोड ४० लाख) मागेका थिए ।

तर, उनीहरूले मागेको रकमको एक प्रतिशत रकम पनि पाएनन् । अर्थात् उनीहरूले जुत्ता लुकाएबापत भारु १ लाख (नेपाली १ लाख ६० हजार)मा चित्त बुझाउनुपरेको थियो ।

बलिउड हंगामाबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार