भारतले लगायो विस्फोटक पदार्थ निर्यातमा रोक, नेपालका विकास निर्माण प्रभावित हुने

काठमाडौं । भारतले विस्फोटक पदार्थ निर्यातमा रोक लगाएको छ । विस्फोटक पदार्थको अभावले खानीको उत्खनन तथा पूर्वाधार निर्माणको काम प्रभावित भएपछि भारतले ३० चैतदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि निर्यात रोकेको हो ।

भारतमा पछिल्ला दिनमा विस्फोटक पदार्थको अभाव छ । अहिले भारतमा विस्फोटक पदार्थको मूल्यमा पनि भारी वृद्धि भएको छ । भारतले विस्फोटक पदार्थ निर्यातमा रोक लगाएसँगै नेपालमा निर्माणाधीन सडक, जलविद्युत् तथा तथा सुरुङमार्ग परियोजनाहरु प्रभावित हुने संकेत देखिएको छ ।

विस्फोटक पदार्थ विकास निर्माणका लागि अति आवश्यक पदार्थ हो । यसलाई ‘सिभिल एक्सप्लोसिभ’ पनि भनिन्छ । भारतमा पेट्रोलियम तथा विस्फोटक सुरक्षा संगठनले यस्ता पदार्थको नियमन गर्छ ।

सो संगठनले अनिश्चितकालका लागि निर्यात नगर्न निर्देशन जारी गरेको छ । सुरुङ खन्न र ठूला चट्टान फोड्न प्रयोग हुने यस्ता विस्फोटक पदार्थ प्रयोग हुन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार