इन्सपेक्टर पुरीलाई १०१ केजीको माला

पर्सा । वडा प्रहरी कार्यालय विर्ता, पर्सामा कार्यरत इन्सपेक्टर राजेशराज पुरीलाई १०१ केजीको मालाले सम्मान तथा विदाइ गरिएको छ ।

जघन्य प्रकृतिका अपराधको सफल अनुसन्धान गरेको तथा शान्ति सुरक्षा कायम राख्न उल्लेखनिय भूमिका निर्वाह गरेको भन्दै आइतबार स्थानीयबासीले उनलाई सम्मानसहित विदाइ गरेका हुन् ।

१९ महिना अघि विर्ताको प्रमुख बनेर गएका इन्सपेक्टर पुरीले २० भन्दा बढी युवतीहरुको भारतबाट उद्दार गरेका थिए भने २ जना बालकको पटनाबाट उद्दार गरेका थिए । इन्सपेक्टर पुरी भारतमा आईपीएस तालिमका उत्कृष्ट प्रहरी अधिकारी पनि हुन।

पुरीलाई कार्य सम्पादनको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले महिनाको उत्कृष्ट प्रहरीको अवार्डले सम्मान समेत गरेको थियो। इन्सपेक्टर पुरीले पर्सामा जघन्य अपराध नियन्त्रण, अवैध हातहतियार पक्राउ, लागुऔषध र अबैध रुपमा स्टोर गरेर राखिएको चाँदी बरामद गर्न भूमिका खेलेका थिए ।

पुराना अपराधको सफल अनुसन्धान गरेका पुरीले भन्सार चोरी, निकाशी तथा पैठारी नियन्त्रण गरेर राजस्व संकलनमा योगदान गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार