एमालेभन्दा भिन्न भएन भन्दै माधवका कार्यकर्ताले पार्टी छोडे

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यसहित २७५ जनाले पार्टी छोडेका छन् । केन्द्रीय सदस्य लोकबन्धु कन्दङ्वा र केन्द्रीय सल्लाहकार गोपीचन्द्र गिरीसहित विभिन्न कमिटीका नेता-कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

झापा जिल्ला कमिटी सदस्य प्रकाश पुरी, महेन्द्रप्रसाद खरेल,गीता कँडेलले पनि एकीकृत समाजवादी पार्टीबाट अलग हुने बताएका छन् । एमालेबाट फुटको औचित्य प्रामाणित गर्न नसकेको भन्दै उनीहरुले पार्टीमा बसिरहनु उपयुक्त नहुने निष्कर्षसहित एकीकृत समाजवादी छोड्ने निर्णय गरेका हुन् ।

सैद्धान्तिक,वैचारिक, पद्धतिगत र प्रवृत्तिगत दृष्टिकोणका साथै व्यावहारिक र आर्थिक दृष्टिकोणले पनि फुटको औचित्य प्रमाणित गर्न नसकेको र भविष्यमा पनि गर्न नसक्ने दाबी गर्दै उनीहरुले नैतिकरुपमा पार्टीमा बस्नु उपयुक्त नठानेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार