स्याङजा जिप दुर्घटना अपडेट : एक बालकसहित ५ जनाको मृत्यु

कास्की । स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित आइतबार बिहान साढे १० बजे जीप दुर्घटना हुँदा एक बालकसहित ५ जनाकाे मृत्यु भएको छ।

जीपमा सवार ११ मध्ये ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाले बताए ।

वालिङ नगरपालिकाका मेयर दीलिपप्रताप खाँणका अनुसार मृतकहरुको पहिचान गर्ने प्रयास भइरहेको र घाइतेहरुलाई उपचारका लागि पोखरा पठाइएको बताए ।

उपचारका लागि पोखरा पठाइएकामध्ये दुईजनाको अवस्था भने गम्भीर रहेको बताइएको छ । प्रहरीका अनुसार दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार