विप्लवको पार्टीमा कार्वाही र विभाजन शुरु

आसन्न चुनावहरुमा भाग लिने या पूर्ववत बहिष्कारको कार्यनीतिमा अडिग रहने विवादबाट गुज्रिरहेको नेकपा विप्लवमा समानान्तर कमिटीको अभ्यास र तिनमा सँलग्नमाथि कार्वाहीको शुरुआत भएको छ ।

आज कास्कीमा नौ सदस्यीय बिद्रोही टीम खडा भएसङ्गै तिनलाई अनुशासनको कार्वाही गरिएको छ । कार्वाहीमा पर्नेहरु हेमन्तप्रकाश ओली “सुदर्शन” निकट मानिन्छन् ।

समानान्तर कमिटी गठनको नेतृत्व पूर्व जिल्ला सचिव गोकुल पराजुली ले गरेका हुन् । पार्टी गतिविधिबाट पृथक रही मासु पसल सन्चालन गर्दै आएका ध्रुव नामले चिनिने अर्का कमरेड पनि अहिले बेलुकादेखि कार्वाहीमा परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार