जनता मावि प्रकरण: यौन दुर्व्यवहार आरोपित शिक्षक प्रहरी नियन्त्रणमा

हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिका(८ मा रहेको जनता माद्यामिक विद्यालयका आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीनै जना शिक्षकलाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा नियन्त्रणमा लिएको हो।

आरोपित लोकबहादुर विक, रुद्रबहादुर विक र हेमबहादुर विकलाई शुक्रबार इलाका प्रहरी कार्यालय फापरबारीले नियन्त्रणमा लिएको हो। विद्यालयमा लामो समयदेखि विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्दै आएको भन्दै अभिभावकले चैत २४ गते प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए।

अभिभावकको जाहेरीपछि चैत २५ गते हेमबहादुर बिक आफै प्रहरीको सम्पर्कमा आएका थिए। बाँकी लोकबहादुर बिक र रुद्रबहादुर बिक पनि शुक्रबार सा“झ इलाका प्रहरी कार्यालय फापरवारिमा सम्पर्कमा आएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय फापरबारीले शुक्रबारनै तीनै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार