४०४३ जनामा कोरोना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमित थपिएका छन् । ४०४३ जनामा गरिएको नमूना परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ४४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो समयावधिमा कसैको मृत्यु भएको छैन ।

मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या ४ सय रहेको छ भने २४ घण्टामा ३०८८९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । अहिले कोरोना निको हुनेको दर ९८.७ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार