गठबन्धनका नेताहरूलाई चेतावनी दिंदै माधव नेपालले भने: ओलीलाई सत्ताको सगरमाथाबाट भुइँमा पछार्ने शक्ति हामी नै हौं

काठमाडौं । सत्ता गठबन्धन दल नेपाली कांग्रेस र माओवादी केन्द्रले नेकपा एसले हैसियतभन्दा बढी मागेको भनेर बताइरहेका बेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको शक्तिलाई अवमूल्यन नगर्न गठबन्धनका अन्य दललाई चेतावनी दिएका छन् ।

नेकपा एसको सम्पर्क समन्वय कमिटीले शनिवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरूमाथि अपमानपूर्ण व्यवहार नगर्न चेतावनी दिएका हुन् ।

अध्यक्ष नेपालले आफूहरूकै कारण केपी ओली सत्ताको सगरमाथाबाट भुईँमा पछारिएकोले कम नआँक्न चुनौती दिए ।अध्यक्ष नेपालले भने–‘हाम्रो शक्तिको बारेमा विभिन्न पार्टीलाई अझै पनि भ्रम रहेछ । कता कता हामीमाथि अपमानपूर्ण व्यवहार गर्ने गरेको सुन्दै छु । आफ्नो शक्तिको अति मूल्याङ्कन र हाम्रो शक्तिको अवमूल्यन नगर्नुस् । हामीलाई अपमान गरेको हुनाले केपी ओलीलाई सत्ताको सगरमाथाबाट भुईँमा पछार्न निर्णायक भूमिका खेलेका छौ । ख्याल गर्नुस्,यो चेतना भया ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार