एमसीसी पास गरेर चलाखीपूर्ण काम गरेको प्रचण्डको दावी

नवलपरासी । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीकै कारण माओवादी सरकारबाट बाहिरिनुपर्ने अवस्था आएकाले आफूले रातारात कांग्रेससँग मिल्ने सहमति गरेको बताएका छन् ।

माओवादी केन्द्र पूर्वी नवलपरासीद्वारा दल्दलेमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले नेपाली कांग्रेस र एमाले मिलेर एमसीसी पास गर्न सभामुख फाल्ने, ७ वटै प्रदेशमा माओवादीको सरकार ढाल्ने सहमति भएको थाहा पाउना साथ रातारात आफूले कांग्रेससँग मिलेर एमसीसी पास गरेर चलाखीपूर्ण काम गरेको बताए ।

सर्प पनि मर्ने लौरो पनि नभाच्चिने गरि व्याख्यात्क टिप्पणीसहित एमसीसी पास गर्नाले सरकार बाँचेको र हाल ठगबन्धन भएको उनको भनाई थियो ।

नेकपा माओवादीमा प्रवेश गर्नेहरुको लर्को नै लागेको दावी गर्दै उनले विप्लव र बाबुराम भट्टराई पक्षका सबै जसो केन्द्रीय तहका नेताहरु आफ्नो पार्टीमा आइसकेको दाबी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार