प्रमुख निर्वाचन आयुक्त भन्छन्–चुनाव सार्ने काम भयो भने देश दुर्घटनामा जान्छ

जनकपुरधाम । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनको मिति तलमाथि भए देश दुर्घटनामा जाने चेतावनी दिए ।

शनिबार जनकपुरधाममा आयोजित स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै थपलियाले तोकिएकै मिति (बैशाख ३० गते) मा निर्वाचन हुनुपर्ने बताए ।

निर्वाचनको मिति नजिकिंदै गर्दा निर्वाचनप्रति संशय उत्पन्न हुने किसिमको अभिव्यक्ति आउनु दुःखद भएको पनि उनले बताए ।

कुनै पनि वहानामा निर्वाचन सार्ने काम गरिए दुर्घटना निम्तिन सक्ने भन्दै उलने त्यो लोकतन्त्रका निम्ति अप्रिय हुन सक्ने पनि दावी गरे । निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले हुने बताउँदै उनले आचारसंहितको उल्लंघन नगर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार