राजाको गुणगान गाउने मुख्यमन्त्रीले सुविधा बढाए

तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालको समर्थन गर्दै जिल्ला विकास समिति हुम्लाको सभापति बनेका जीवनबहादुर शाहीले अहिले कर्णाली प्रदेशका सांसद तथा मन्त्रीहरुको तलब,भत्ता र सुविधा बढाएका छन् ।

हाल नेपाली काँग्रेसको तर्फबाट कर्णाली प्रदेश मुख्यमन्त्री रहेका शाहीले नयाँ वर्षको शुभकामनासहित उक्त सुविधा बढाएका हुन् । मुलुक चरम आर्थिक संकटमा परेको देख्दादेख्दै उनले बढाएको सुविधाको चौतर्फी बिरोध भएको छ ।

सुशासनको चर्को बहस गर्ने मुख्यमन्त्रीको पछिल्लो निर्णयले प्रदेशवासीलाई चिढ्याएको छ । सुर्खेतको विमानस्थलदेखि सम्पूर्ण भौतिक विकासका बाधक बनेका भन्दै मुख्यमन्त्री शाहीलाई हिजोको सुविधा वृद्धिपछि धेरैले सामाजिक सञ्जालमा बधाइ दिएका छन् ।

यसअघि उनै मुख्यमन्त्रीले आफ्नी श्रीमतीलाई कर्णाली प्रदेश लोकसेवा आयोगको सदस्यमा नियुक्ती दिलाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार