सत्ता चलाउन जङ्गबहादुरबाट सिक, नेताहरू !

आदित्यमान श्रेष्ठ

एक जना नेपाली अर्थशास्त्रीले विजयकुमार पाण्डेसँगको अन्तर्वार्ताका क्रममा ‘नाफा, पूँजी र दलाली’ लाई नेपालमा नराम्रो दृष्टिले हेरिन्छन् तर ती नराम्रा होइनन् भने।उनले एमसीसी सम्झौता अमेरिकाको दलाली गर्ने सम्झौता हो, तर त्यो नराम्रोचाहिँ होइन पनि भने।

एमसीसी सम्झौताको केहीबाट चर्को विरोध भयो। तर संसदले यसलाई सहज पारित गर्‍यो। प्रधानमन्त्री शेरबहादुर देउवाले यसलाई जसरी पनि पास गर्ने भनेर लागे। उनको एकोहोरेपना हेर्दा उनको पनि यसमा केही स्वार्थ लुकेको जस्तो लाग्छ। अरु दलका नेताहरूले यसमा व्याखात्मक टिप्पणी राखेकोमा ठुलो उपलब्धि ठाने।

यो प्रकरणले प्रधानमन्त्री देउवाको नेतृत्वमा रहेको सरकारले माहाकाली सन्धिको सम्झना दिलायो। त्यसबेला पनि संसदले एउटा संकल्प पारित गरेको थियो। तर त्यसको कुनै महत्व भएन। सम्झौताबाट पाइने लाभ नेपाललाई आजसम्म केही भएको छैन। यसैगरी एमसीसीको परिणाम पनि त्यस्तै हुने हो कि भत्रे शंका लागेको हो। त्यसकारण पनि कुनै नयाँ सम्झौताबाट नेपाल र नेपालीलाई फाइदा हुने गरी देशको प्रधानमन्त्री र सरकारले गर्नु पर्‍यो भनेर आवाज उठेको हो।

हाम्रा नेताहरू सबै विदेशीका दलाल हुन् भनेर ठाडो आलोचना हुने गरेको पनि छ। दलाली नगरीकन सत्तामा टिकिराख्न सकित्र भत्रे उनीहरूका हिनभावना रहेको छ। सत्ता सबैलाई चाहिएको छ। त्यसमा पुग्न नसके पनि त्यसबाट कसरी फाइदा उठाउने भनेर सबै ताकमा बसिरहन्छन्। त्यसमा हाम्रा नेताहरू माहिर हुनु अत्यावश्यक छ किनभने दलाली बिना उनीहरू सत्ताका लागि अगाडि बढ्न सक्दैनन्।

हामीले हेर्दा हाम्रा नेताहरू ठुलो संकटमा परेका छन्। यता ढल्किए उताकाले धम्क्याउने। उता ढल्किए यताकाले धम्क्याउने। कतातिर लाग्ने होला भनेर ठुलो संकटमा परेका देखिन्छन्। यो उनीहरूले नजानेर हो जस्तो लाग्छ।

अब हेर्नुस् एमसीसीको कारणले अमेरिका रिसायो र अनेक धम्की पनि दियो। नेपालका नेताहरूले आज गर्छु भोलि गर्छु भन्दै वर्षौ बिताए तर काम कहिले गरेर देखाएनन्। जति समय दिए पनि काम हुँदैन। यो मुलुक कस्तो होला जहाँ पैसा सबैलाई चाहिएको हुन्छ तर काम भने कसैलाई चाहिएको हुँदैन।

सत्ताको दलाली गर्न सिपालु हुनलाई सबभन्दा पहिले जङ्गबहादुर राणालाई सम्झनु पर्‍यो। हुन त त्यसबेला जङ्गबहादुरले अंग्रेजको दलाली गरेका थिएनन्। उनले अंग्रेजलाई सहयोग गरेर आफुले भने जस्तो गर्न लगाएका थिए। कतिपय कुराहरूमा सहमति नहुँदा जङ्गबहादुरले अंग्रेजसित टक्कर पनि लिएका थिए।

त्यस मानेमा दलालीभन्दा उनले अंग्रेजसित सहयोग गरेको देखिन्छ। जे भए पनि उनले अंग्रेजका मन जितेर नेपालको पश्चिमी भागको चार जिल्ला फिर्ता लिए। विदेशी सित मिलेर पनि उनले हारेर गएका केही भाग फिर्ता ल्याउन सफल भएका थिए। अहिलेका शासकहरूले भूभाग त छैन, देखिने गरी त्यस्तो खास के ल्याए देखिएको छैन।

त्यसै गरी चन्द्रशम्सेर राणाले पनि आफ्नो देशको इज्जत नगुमाई अंग्रेजको सेवा गरेका थिए। उनले पनि हारेको भूभाग फिर्ता ल्याउने भित्री ईच्छा राखेका थिए। तर उनी यसमा सफल भएनन्। तर सन् १९२३ मा एउटा सन्धि गर्न सफल भए। यस सन्धिले नेपाल एक स्वतन्त्र राष्ट्र हो भनेर अंग्रेजले स्वीकार गर्‍यो। त्यो पनि एक सफल कार्य गनिन्छ।

एमसीसी सम्झौता गरेर अमेरिकालाई खुशी तुल्याउन नेपालका धेरै प्रधानमन्त्रीहरूले कोशिस गरेका रहेछन्। तर अमेरिकाको दलाली कसरी गर्ने भनेर राम्ररी चाल नपाएको देखिन्छ।

अमेरिकाको दलाली गर्नेले नेपाललाई पनि पियर्टोरिको देश जस्तै बनाइ दिए हुने थियो भनेर भत्र जानेनछन्। पियर्टोरिको एउटा टापु हो तर अमेरिकाको नजिक छ। सन् १८९८ देखि यो अमेरिकाको असमाहित प्रदेश भएर बसेको छ। यो टापु अमेरिकाको हो तर अमेरिकाले यसलाई आफ्नो देशको भूभागमा समाहित गरेको छैन। यसैगरी अमेरिकाले प्यासेफिक समुद्रमा विद्यमान समोआ, ग्वाम, उत्तरी मरियाना टापुहरू र भर्जिन टापु पनि अमेरिका कै हुन् तर उनीहरूलाई आफ्नो राज्यमा पुरा समाहित गरेको छैन।

त्यो देशका नागरिकहरूलाई अमेरिकी नागरिकता प्रदान गरिएको छैन। तर पियर्टोरिको देशका नागरिकहरूलाई अमेरिकी सरह अमेरिकामा जान आउन छुट छ। जसरी एकताका नेपालीहरूलाई जर्मनीमा भिसा नलिई जान आउन छुट थियो त्यसरी नै पियर्टोरिकोका मानिसहरूले छुट पाएका छन्। उनीहरूले अमेरिकामा बसेर काम गर्ने छुट पनि पाएका छन्।

त्यसैकारणले पियर्टो रिकोको आर्थिक अवस्था खराब हुँदा त्यहाँका मानिसहरू लाखौंको संख्यामा अमेरिका गएर बसेका थिए। केही नेपालीहरूले गैरकानूनी रुपमा अमेरिका घुस्नलाई ४०, ५० लाख रुपैया सम्म खर्च बेहोर्ने गरेका छन्। त्यसमा पनि उनीहरू त्यहाँ जान नपाएर ठगीमा परेको समाचार सुत्र पाइन्छ।

अमेरिकाले डीभी लटरी अन्तर्गत हरेक वर्ष १०, २० हजार नेपालीहरूलाई आउन दिएको छ। नेपालीहरू अमेरिका जान हुरुक्क हुने रहेछन्। बिना भिसा अमेरिका जान पाइने भए नेपालीहरूले के त्यस्तो नेपाली सरकार र नेतालाई मान्दैन थिए ? शेर बहादुरले त गजब गर्‍यो भनेर सबै दंग पर्थे। सबैले उनको जयजयकार गर्थे।

पियर्टो रिकोको जनसंख्या खालि बत्तिस लाख जति भएको बताइन्छ। अमेरिकाको कारणले उनीहरूको जीवन स्तर पनि उच्च नै रहेको छ। नेपालीहरूको व्यक्तिगत वार्षिक आम्दानी एक हजार डलर पुगेको भनिन्छ। तर पियर्टो रिकोका मानिसहरूको व्यक्तिगत वार्षिक आम्दानी ३२ हजार डलर भएको बताइन्छ। अमेरिकनको सो आम्दानी ४५ हजार डलर रहेको छ। नेपालीहरू पियर्टो रिकोको स्तरमा पुगे भने रातभर मै धनी हुने रहेछन्।

यस्तो धनी हुने काम शेरबहादुर देउवाले गरे भने के नेपालीहरूले उनलाई देउता मान्दैनन् ? तर के गर्नु ? उनको दिमागमा यस्तो कुरा आएन। २०५२ सालमा माओवादीलाई आतंककारी भनेर उनीहरूसित लड्न अमेरिका गएर हामीलाई बन्दुक चाहियो भनेर त्यहाँका राष्ट्रपतिसित रोईकराई गरे। अलिअलि लिएर पनि आए। आज उही पुष्पकमल दाहालको खुट्टाको भरमा देउवा उभिएका छन्।

अमेरिका र पिर्टोरिकोबीच कस्तो सहमति भएको रहेछ भने अमेरिकी नियम कानून अन्तर्गत मेडिकेयर र मेडिकेड भत्रे स्वास्थ्य सहुलियत अन्तर्गत पियर्टो रिकोका मानिसहरूले अमेरिकी सरकारबाट अर्बौं डलर पाउने रहेछन्। तर अमेरिकीको आम्दानीमा लाग्ने कर भार भने त्यस टापुका मानिसहरूले तिर्न नपर्ने रहेछ। यसरी पियर्टोरिकोका मानिसहरूलाई सुबिधा दिइएको रहेछ।

यसो बिचार गर्दा आज एमसीसीको सम्झौता गर्दा नेपालका नेताहरूले नेपाललाई पियर्टोरिकोको स्तरमा पुर्‍याउने कुरा गरेको भए यसको जसरी अहिले विरोध र विध्वंश भएको छ सो नहुने रहेछ। खाडी र मलेसियामा गएका ५०, ६० लाख नेपालीहरू ती ठाउँहरू छाडेर अमेरिका तिर सोझिन्थे। हुन पनि अमेरिका जस्तो देशमा दुई चार करोड मानिसहरू थपिंदा उसलाई केही फरक पर्दैन। किनभने त्यो देश यति ठुलो र सम्पत्र छ कि बाहिरबाट गएका गैरकानूनी शरणार्थीहरूको संख्या ४,५ करोड हुँदा पनि त्यसलाई केही असर परेको छैन।

नेपालीहरूले अरु मुलुकको राम्ररी रक्षा गरेको र बनाउन सहयोग गरेको ईतिहास र व्यवहारबाट देखिएको छ। सो काम अमेरिका जस्तो मुलुकको पनि गर्ने थिए। नेपालीहरूले अमेरिकाको दक्षिणी सीमानाको रक्षा गर्दा त्यहाँबाट आउने गैरकानूनी शरणार्थीहरू रोकिन जान्थे। सो कुरा हाम्रा अमेरिकाको दलाली गर्ने नेताहरूले चाल पाउनु पर्ने हो। तर अरुको दलाली गर्दा अरुको मात्र हित गर्ने बानी परेका हाम्रा नेताहरूलाई नेपाली जनताको हित गर्ने कुरा हेक्का रहेन। अमेरिकाको समर्थन गरेर भएपनि देशलाइ धनी बनाउने मौका आएको थियो। तर नेताहरूले दलाली मात्र गरे कि के हो ?

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार