नेकपा एमाले नुवाकोटका नेता माधवप्रसाद पाण्डे माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सयौँ कार्यकर्ताका साथ माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडा पुगेर पाण्डे माओवादीमा मिसिएका हुन् ।
पाण्डेसहित झण्डै सात सय जना माआवादीमा प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ । एक नेताका अनुसार माओवादी प्रवेश गर्नेमा पाण्डेको नेतृत्वमा दुई सय र सञ्जिव कुमार शाहको नेतृत्वमा पाँच सय काँग्रेस र एमालेका कार्यकर्ता छन् ।
नवप्रवेशीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गर्नुभएको थियो । देशभर माओवादी केन्द्रमा प्रवेश गर्नेको लहर चलेको भन्दै उहाँले शोषित, उत्पीडित वर्गको आकर्षणको केन्द्र बनेको बताउनुभयो । आउँदो स्थानीय तहको निर्वाचन जितेर माओवादीले ल्याएका परिवर्तनका मुद्दा कार्यान्वयनमा लैजाने पनि प्रचण्डले बताउनुभएको छ ।