केजीएफ–२ को आक्रामक व्यापार, पहिलो दिनमै कमायो डेढसय करोड

एजेन्सी । बिहीबारदेखि विश्वव्यापी रुपमा प्रदर्शनमा आएको यश स्टारर साउथ फिल्म ‘केजीएफ– २’ ले बक्स अफिसमा आक्रामक व्यापारको सुरुवात गरेको छ ।

फिल्मले रिलिजको पहिलो दिन सबै भाषामा गरी करिब १५० करोड कमाएको छ ।

फिलमले हिन्दी भर्सनमा मात्रै करिब ५५ करोड भारु कमाएको ट्रेड एनालिस्टलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फिल्मले पहिलो सातामा आमिर खानको ‘दंगल’ र एसएस राजमौलीको ‘बाहुबली–२’को व्यापारिक रेकर्डलाई तोड्ने अनुमान समेत गरिएको छ ।

‘केजीएफ २’को बजेट डेढ सय करोड रहेको छ । ‘केजीएफ च्याप्टर २’ ले आफ्नो मातृभाषा कन्नडमा मात्र ३५ करोड कमाएको छ । यो पनि रेकर्ड बनेको छ ।

फिल्मले तेलूगूमा ३३ करोड, तमिलमा १२ करोड र मलायालममा करिब ७ करोड कमाएको छ । पहिलो दिन अर्थात बिहीबारको कुल कलेक्सन (ग्रस) १५० करोड बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार