अमेरिकी सांसदले ताइवानको भ्रमण गरेपछि चीन रुष्ट

काठमाडौं। अमेरिकाका ६ जना सांसदले ताइवानको भ्रमण गरेपछि चीन अमेरिकासँग रुष्ट बनेको छ।

अमेरिकास्थित चिनियाँ दूतावासले बिहीबार कंग्रेसका दुवै सदनका छ जना अमेरिकी सांसदको चीनको ताइवान क्षेत्रको भ्रमणको कडा विरोध गरेको छ।

‘उक्त भ्रमणले एक–चीन सिद्धान्त र तीन चीन–अमेरिका संयुक्त विज्ञप्तिको शर्तहरूको गम्भीर उल्लङ्घन गर्दछ’ दूतावासले भनेको छ,‘हामी अमेरिकी पक्षलाई एक चीन नीतिको पालना गर्ने प्रतिबद्धताको सम्मान गर्न, एक चीन सिद्धान्त र तीन चीन–अमेरिकी संयुक्त विज्ञप्तिको दृढतापूर्वक पालना गर्न, ताइवानसँगको सबै प्रकारका आधिकारिक अन्तरक्रियाहरू तुरुन्तै बन्द गर्न र गलत संकेतहरू पठाउनबाट जोगिन आग्रह गर्दछौं।’

चिनियाँ पक्षले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्न कडा कदम चाल्ने पनि उल्लेख गरेको छ।

सिनेटको विदेश सम्बन्ध समितिका अध्यक्ष बब मेनेन्डेज, न्यू जर्सीका डेमोक्र्याट र दक्षिण क्यारोलिना रिपब्लिकन लिन्डसे ग्राहमको नेतृत्वमा अमेरिकी कङ्ग्रेसको प्रतिनिधिमण्डल बिहीबार ताइवान आइपुगेको हो। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार