जेरुसेलमको अल–अक्सा मस्जिदमा दुई देशका सुरक्षाकर्मीबीच झडप, करिब १०० घाइते

जेरुसेलम। जेरुसेलमको अल–अक्सा मस्जिद परिसरमा शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षा बलहरूबीच भएको झडपमा करिब १०० जना घाइते भएका चिकित्सकहरूले बताएका छन्।

प्यालेस्टिनी रेड क्रिसेन्टका एक अधिकारीले एएफपीलाई बताए अनुसार “९० जना घाइतेहरूलाई जेरुसेलम अस्पतालमा सारिएको छ” र “अन्य दर्जनौं घाइतेहरूलाई मैदानमा उपचार गरिएको छ” झडपमा “रबरको गोली र साउन्ड ग्रेनेडको प्रयोग गरिएको थियो।

इजरायली प्रहरीले कम्तीमा तीन अधिकारी घाइते पनि भएको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार