नेपाल कसैको भूराजनीतिक खेलमैदान हुन सक्दैन : चिनियाँ राजदूत यान्छी

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कसैको भूराजनीतिक खेलको रणमैदान हुन नसक्ने बताएकी छन् । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सलाई दिएको एक अन्तर्वार्तामा उनले नेपाल र चीनबीचको सम्बन्ध असल छिमेकीको रहेको समेत बताएकी छन् ।

नेपाल द्विपक्षीय सौहार्द सहकार्य दर्साउने ‘बगैंचा’ हुनुपर्ने बताउँदै उनले भूराजनीतिक खेलको ‘रणमैदान’ हुन नसक्ने बताएकी हुन् । उनले हालैमात्र पारित भएको अमेरिकन विकास परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) र प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई संकेत गर्दै यस्तो टिप्पणी गरेको बुझ्न सकिन्छ ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको पछिल्लो नेपाल भ्रमणका उपलब्धीबारे ग्लोबल टाइम्सलाई अन्तर्वार्ता दिँदै उनले नेपाल चीनको असल छिमेकी र मित्र रहेको यो सधै रहिरहने बताएकी छन् । दुई देशले सधैं एकअर्काको सार्वभौमिकता र अखण्डताको सम्मान गर्ने पर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार