पूर्व प्रेमी रणवीरलाई वैवाहिक जीवनको शुभकामना दिइन् दीपिकाले, भनिन्ः खुसी छाइरहोस्

काठमाडौं। बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टबीच बिहीबार विवाह भएको छ।

यसक्रममा रणवीरकी पूर्व प्रेमिका दीपिका पादुकोणले रणवीरलाई वैवाहिक जीवनको शुभकामना दिएकी छिन्।

दीपिकाले रणवीर र आलिया सँधै खुशी रहिरहनु भनेर शुभकामना दिएकी छिन्।

यसअघि दीपिका र रणवीरबीच प्रेम सम्बन्ध रहँदा दीपिकाले रणवीरको नामको ट्याटु नै खोपेकी थिइन्।

यद्यपी ब्रेकअपपछि उनले ट्याटु मेट्नु परेको थियो। तर पछि दीपिकाले रणविर कपुर नभएता पनि रणवीर सिंहसँग विवाह गरिन्।

रणवीर सिंहपनि रणविर कपुर जत्तिकै चर्चित अभिनेता हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार