परिणाम देखिने गरी चुनावमा होमिन नेता तथा कार्यकर्ताहरुलाई प्रचण्डको निर्देशन

काठमाडौं । स्थानीय तह निर्वाचनमा परिणाम देखिने गरी लाग्न नेता तथा कार्यकर्ताहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले निर्देशन दिएका छन् ।

‘प्रचण्ड’ निवास खुमलटारमा शुक्रबार बिहान बसेको पूर्वस्थायी समिति र प्रदेश इञ्चार्जहरुको विस्तारित बैठकमा निर्णय भएपछि प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।

बैठकले उम्मेदवारहरु छिटो चयन गर्ने र परिणाम देखिने गरी अगाडि बढ्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।

‘जति सक्दो छिटो उम्मेदवार चयन गर्नका लागि वातावरण सिर्जना गर्ने भन्ने भएको छ,’ ती नेताले भने । उनका अनुसार शीर्ष नेतृत्वले गठबन्धनमा रहेका दलहरुका बीचमा छलफल गर्ने र अन्य नेताहरु जिम्मेवारी अनुसार सम्बन्धित पालिकामा उम्मेदवार चयन गर्ने गरी प्रस्तुत हुने निर्णय भएको छ ।

पाँच दलीय सत्तागठबन्धनले महानगरपालिका, उपमहानगरपालिकामा केन्द्रबाटै उम्मेदवार टुंगो लगाउने तय भएको छ । तर, कुन–कुन पालिकाको नेतृत्व कुन–कुन पार्टीले लिने भनेर भागबण्डा मिलिसकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार