रुसले आक्रमण गरिरहेको युक्रेनमा उच्चस्तरीय टोली पठाउने अमेरिकाको घोषणा

काठमाडौं। रुसले आक्रमण गरिरहेको युक्रेनमा आफ्ना उच्चस्तरीय अधिकारीहरु पठाउने अमेरिकाले बताएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनका अनुसार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्न अमेरिकी टोली त्यहाँ जानेछन्।

बाइडेनले चाँडै कसको नेतृत्वमा अमेरिकी अधिकारीहरु युक्रेन जाने भन्नेबारे टुंगो लगाउने बताएका छन्।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन हालै युद्धले ग्रस्त बनेको मूलुक युक्रेन पुगेका थिए। उनले त्यहाँ पुगेर युक्रेनलाई थप हतियार र अन्य सहयोग गर्ने वाचा गरेका थिए।

यसक्रममा यतिबेला अमेरिकाको तर्फबाट पनि युक्रेनमा भ्रमण हुन लागेको हो।

अमेरिकी संचारमाध्यमका अनुसार विदेशमन्त्री एन्टोनी ब्लिंकन अथवा रक्षामन्त्री लोयड अस्टिनमध्ये एक युक्रेन जाने संभावना छ।

सुरुवातदेखि अमेरिकाले युक्रेनलाई हतियार र आर्थिक सहयोग गरेर समर्थन जनाउँदै आएको छ। बीबीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार