स्विडेन र फिनल्यान्डले नेटोको सदस्यता लिए आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

एजेन्सी । स्विडेन र फिनल्यान्ड नेटोमा सहभागी भए रुसले बाल्टिक समुद्री क्षेत्रमा परमाणु हमला गर्ने चेतावनी दिएको छ ।

बाल्टिक समुद्रलाई डेनमार्क, एस्टोनिया, फिनल्यान्ड, जर्मनी, लटिभा, लिथुआनिया, रुस, स्विडेन र उत्तर र केन्द्रीय युरोपियन प्लेनले घेरेका छन् ।

रुसको सुरक्षा परिषद्का प्रमुख डिमिट्रि मेडभेडेभले भने, “यदि त्यसो भएमा बाल्टिक परमाणुमुक्त स्थितिमा रहन सक्दैन । त्यहाँ सन्तुलन पुनःस्थापना गर्नैपर्ने हुन्छ । यस भन्दा अगाडिसम्म रुसले त्यस्तो तरिका अपनाएको थिएन र यस्तो सोच पनि राखेको थिएन ।”

स्विडेन र फिनल्यान्डले नेटोको सदस्यता लिने तयारी गरेपछि रुस झस्किएको छ । युक्रेनमा रुसको हमलापछि अधिकतम स्केन्डेभियन राष्ट्रहरूमा नेटोको सदस्यता पाउनेसम्बन्धी जनधारणा ठुलो रूपमा बदलिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार