काँग्रेसले मुख खोल्न थाल्यो : जताततै एक्लै लड्ने भनाइ

काठमाडाैं । संघ र प्रदेशको सत्ता गठबन्धनमा रहेको प्रमुख दल नेपाली काँग्रेसका जिल्ला समितिहरुले आगामी स्थानीय तहको निर्वाचनमा तालमेल नगरी एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गर्न थालेका छन् । विभिन्न जिल्लामा झैं वीरगञ्ज महानगर रहेको पर्सा जिल्लामा पनि काँग्रेसले आफ्नो पक्षमा जनलहर आएको दाबी गर्दै उक्त धारणा अनौपचारिक रुपमा राखेको हो ।

आफ्नो पार्टीप्रति जनलहर बढेकाले आसन्न निर्वाचनमा गठबन्धन दलसँग तालमेल गर्न कुनै आवश्यकता नरहेको त्यहाँका नेताहरुले बताएका हुन् । जिल्लाको चारवटै निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिहरुले बुझाएको प्रतिवेदनमा पर्सामा नेपाली काँग्रेस आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गरेर विजयी हुने अवस्थामा रहेको विवरण उल्लेख गरिएको बताइएका छे ।

अघिल्लो निर्वाचनमा प्रतिकूल अवस्था हुँदाहुँदै पनि काँग्रेसले आशातित स्थानमा जीत हात पारेको सन्दर्भमा अहिलेको अवस्था ठिक विपरित भएको र काँग्रेसप्रति सबैको भरोसा बढेको उनीहरुको दाबी छ ।

उनीहरुले भनेका छन्, ‘तालमेलको नाममा हुने भागबण्डाले पुनः पार्टीभित्र गुटबन्दी र अन्तरघात शुरु हुनेछ । त्यसैले काँग्रेस एक्लै उठ्नुपर्छ, जितिन्छ ।’ केन्द्रले जबरजस्ती निर्णय लादेमा राजनीतिक दुर्घटना हुनेतर्फ सचेत हुन उनीहरुले चेतावनी समेत दिएका छन् ।

पर्सामा वीरगञ्ज महानगरपालिका समेत पर्छ । काँग्रेसीहरुले अन्य स्थानीय तहझैँ वीरगञ्ज पनि यस पटक काँग्रेसले एक्लै जित्ने बताएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार