एमालेमाथि कमल थापालाई सूर्य चिन्ह बेचेको आरोप

पूर्वपन्चहरुको पार्टी राप्रपा नेपाल र नेपाल परिवार दललाई सूर्य चिह्नमा चुनाव लड्न दिने गरि चुनावी तालमेल गर्ने निर्णयप्रति एमालेका प्रभावशाली नेता भीम रावलले चर्को असन्तुष्टी जनाउनुभएको छ ।

आसन्न स्थानीय निर्वाचनमा राप्रपा र परिवार दलका उम्मेदवारले सूर्य चिह्न लिएर चुनाव लड्ने गरि हिजो भएको तालमेलको सहमतिलाई रावलले चुनाव चिन्ह बिक्री हुने व्यवसायिक चिह्न हो भन्दै प्रश्न पनि गर्नुभएको छ । ‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे! के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र?’, सामाजिक सञ्जालमार्फत उहाँले प्रश्न गर्नुभएको छ।

हिजोको सहमतिलाई रावलले ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिए भनेर पनि टिप्पणी गर्नुभएको छ । ‘ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिए जस्तो गर्न मिल्छ र ?’, उहाँ सोध्नुहुन्छ, ‘दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र !’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार