फिलिपिन्समा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुग्यो

एजेन्सी । फिलिपिन्समा समुद्री आँधीपछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ ।

बाढीपहिरोले धेरै घरहरू पुरिएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ । मेगी नामको समुद्री आँधीपछि लेटेलगायतका प्रान्तमा भारी वर्षा भएको थियो ।

सन् २०१३ मा सुपर टाइफुन ‘हैयान’ले असर गरेकै क्षेत्रमा यस पटक पनि प्रभावित तुल्याएको हो ।

पछिल्लो समय मानवीय गतिविधिका कारण तापमान बढ्दै गएको र समुद्री आँधीको स्वरूपमा पनि परिवर्तन देखिएको वैज्ञानिकहरूले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार