आलूको रस सेवन गर्दा हुन्छ यस्ता फाइदा

तरकारीको राजा मानिने आलूको प्रयोग विभिन्न परिकारमा विभिन्न तरिकाले गरिन्छ ।

तर के तपाईंले कहिले आलूको रस पिउनु भएको छ ? यदि पिउनु भएको छैन भने अब पिउन थाल्नु होस्, किनभने यसबाट अनेक फाइदा प्राप्त हुन्छ ।

आलूमा क्याल्शियम, आइरन, भिटामिन–बी र फस्फोरस पर्याप्त मात्रामा पाइन्छ । आलू खानाले रक्त वाहिका नली लामो समयसम्म लचकदार भइरहन्छ । त्यसैले आलू सेवन लामो आयुका लागि पनि महत्वपूर्ण हुन्छ ।

काँचो आलूको रसले क्यान्सर, हाइपरटेन्शन र किड्नीबाहेक विभिन्न किसिमका स्वास्थ समस्याबाट बचाउँछ ।
खाली पेटमा काँचो आलूको रसलाई पानीसंग दिनहुँ आधा कप पिउनु पर्छ । यसो गर्दा ग्याँसको समस्या रहँदैन र समस्या भएमा आराम प्राप्त हुन्छ ।
मधुमेहका विरामीका लागि काँचो आलूको रस अत्यन्त फाइदाजनक हुन्छ । रगतमा शुगरको स्तर कम गर्नका लागि आलूको रस अत्यन्त प्रभावकारी हुन्छ ।

अनुहारमा आलूको रस लगाएर सुकेपछि धुनु पर्छ । यसो गर्नाले छालाको रंग सुन्दर हुन्छ ।

आलूको रस नियमित रुपले लगाउनाले छाला सम्बन्धि समस्या कम हुन्छ । यसले छालालाई भित्रैबाट सफा गरेर छालामा पोषण प्रदान गर्नुको साथै चम्किलो पनि बनाउँछ । आलूको रसले पिम्पल्सको समस्या पनि कम हुन्छ ।

काँचो आलूको रस सेवन गर्नाले शरीरबाट सबै हानिकारक तत्व बाहिर निकाल्न सहयोग प्राप्त हुन्छ र शरीरको सबै अंगको सरसफाइ पनि हुन्छ । त्यति मात्र नभएर हृदयवाहिनी सम्बन्धि समस्यामा पनि आलूको रस लाभदायक हुन्छ ।

सुन्दरता बढाउनका लागि आलूको रसलाई हल्का हातले डार्क सर्कल्स भएको भागमा लगाउनु पर्छ र केहि समय पछि मसाज गर्नु पर्छ । त्यसपछि चिसो पानीले धुनु पर्छ ।

काँचो आलूको रसले प्रतिरोधक क्षमता बढाउँछ नै, साथै लिभर सम्बन्धि समस्याको पनि निराकरण गरेर स्वास्थ्य बनाइ राख्न पनि सहयोग पुर्याउँछ ।

आर्थरायटिसका रोगीका लागि काँचो आलूको रस वरदान समान हो । एउटा आलूलाई तास्ने, समान आकारमा काट्ने र एक गिलास पानीमा रातभरी डुबाएर राख्नु पर्छ । बिहान खाली पेटमा उक्त पानीलाई सेवन गर्नु पर्छ । यसमा समावेश खनिज, लवण र कार्बनिक नुनको उपस्थितिले आलू आर्थरायटिस निवारणका लागि एउटा उपयुक्त विकल्प बन्छ ।

आलूको रस स्तनपान गर्ने र हुर्केका बालबालिकालाई पिउन दिँदा मोटो र ताजा हुन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार