शरीरको तौल बढी भएका कारण कतिपय व्यक्ति हैरान हुन्छन् । ब्रिटेनको स्वास्थ्य सेवामा कार्यरत २८ वर्षीया सेन मिसेलले तौल घटाउन १६ लाख रुपैयाँ खर्च गर्नुपर्यो ।
द सनमा प्रकाशित रिपोर्टअनुसार सेन ११० किलो थिइन् । बढी तौल भएका कारण उनी हैरान थिइन् ।
उनी आफ्नो तौल घटाउन र सुन्दर हुन चाहन्थिन् । आफ्नो चाहना पूरा गर्न उनले उपचारमा २० लाख रुपैयाँ खर्च गरिन् । जसमध्ये १६ लाख रुपैयाँ ऋण थियो ।
मोटोपनाका कारण सेन तनावमा थिइन् । तौल कम गर्न उनले शुरूमा खाना कम गरिन् तर कुनै सुधार देखिएन ।
उनले तौल घटाउन नसकेपछि सर्जरी गर्ने निधो गरिन् । जसका लागि उनले ऋण लिनुपरेको थियो । सर्जरी गरेपछि उनको तौल घटेर ६६ किलो भएको छ ।