रहबर अन्सारी माओवादीबाट निष्कासन

काठमाडौं । नेकपा माओवादी केन्द्र पर्साले नेता रहबर अन्सारीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

वीरगन्ज महानगरपालिकास्थित पार्टीका अध्यक्ष समेत रहेका अन्सारीसहित तीन जनालाई कारबाही स्वरूप साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।

बुधबार जिल्ला समन्वय समिति, पर्साका इन्चार्ज विजय महतो र संयोजक रामदरश कुशवाहले विज्ञप्ति जारी गर्दै कारबाहीको जानकारी दिएको हो ।

अन्सारीसहित महानगरका उपाध्यक्ष अनुरूध यादव र जुम्मादिन अनुसारीलाई पनि निष्कासन गरेको हो । उनीहरूमाथि पार्टी कार्यालयमा तोडफोड गरेको र नेतृत्वलाई गालीगलौज गरेको आरोप छ ।

‘देशी विदेशी प्रतिक्रियावादीहरूको इसारामा पार्टीलाइनै बदनाम गराउने कार्य निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय चुनावमा समेत धक्का पार्ने कार्य, अनुशासनहीन, गुण्डागर्दी, अराजक गतिविधि गर्ने गराउने तीन जनालाई आजकै मितिबाट साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासन गरिएको छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार