घोराहीको मेयरमा एमालेबाट हालका मेयर र उपमेयर सिफारिस

घोराही । घोराही उपमहानगरपालिका प्रमुख पदमा नेकपा एमालेबाट हालका मेयर र उपमेयरको नाम सिफारिस गरिएको छ ।

एमाले दाङ घोराही उपमहानगर कमिटिले हालका मेयर नरुलाल चौधरी र उपमेयर सीता सिग्देल न्यौपानेको नाम सिफारिस गरेकाे हाे ।

हालका मेयर चौधरी नेकपा एमालेको पोलिट ब्युरो सदस्य तथा दाङ जिल्ला इन्चार्ज हुन् । चौधरी पुनः प्रमुख पदमा आकांक्षी छन् । उपमेयर न्यौपाने केन्द्रीय सदस्य तथा पार्टीको जिल्ला सह-इन्चार्ज हुन् । उनीपनि उपप्रमुख मेयरकाे पनि आकांक्षी छिन् ।

उपप्रमुख न्यौपानेले ७४ सालको स्थानीय तहको चुनावमा पनि मेयर पदमा दावी गर्दै आएकी थिइन् । न्यौपाने यसपटक भने आफूले मेयर पदमा टिकट पाउनुपर्ने पार्टीमा माग राख्दै आएकी छिन् ।

त्यस्तै घोराहीको उप–प्रमुख पदमा दुई जनाको नाम सिफारिस गरिएको बताइएकाे छ ।

उप–प्रमुखमा हुमा डिसी र हिरा पुनको नाम सिफारिस गरिएको छ । डिसी अखिल नेपाल महिला संघ दाङको जिल्ला अध्यक्ष हुन् भने पुन पार्टीको जिल्ला उप-सचिव हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार