दाङमा निर्मित चलचित्र झिल्केको टेलर सार्वजनिक

दाङका विभिन्न स्थानमा छायाङ्कन गरिएको चलचित्र झिल्केको टेलर सार्वजनिक गरिएको छ । बुधबार पत्रकार सम्मेलन गरी सो चलचित्रको टेलर सार्वजनिक गरिएको हो । सुदन थापाको निर्देश रहेको उक्त चलचित्रमा कलाकारहरु लक्ष्मी थापा, नविन डिसी र स्वयम थापाकै मुख्य भुमिका देख्न सकिन्छ । साथै उक्त चलचित्रमा मनोज राण, बाबुराम डिसी, टेक बहादुर थापा, निता पुन, अर्जुन नेपाली लगायतको पनि अभिनय रहेको छ ।

दाङको बंगालाचुली लेक, हर्नोक, मर्पेस खाडा, बाह्रकुने दह लगायतका ठाउँमा छायाङ्कन गरिएको उक्त चलचित्रले दाङको सेरोफेरो र पर्यटकीय क्षेत्रलाई पनि प्रबद्र्धन गर्ने निर्माण टिमको अपेक्षा रहेको छ ।

चलचित्र झिल्के बैसाखमै प्रदर्शन गरिने निर्देशक सुदन थापाले बताउनुभयो । उक्त चलचित्रको छायाङ्कन भने श्री चौधरीले गर्नुभएको हो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको प्रमुख आतिथ्यता रहेको टेलर सार्वजनिक कार्यक्रममा स्वागत मन्तव्य श्री चौधरीको रहेको थियो भने सहजीकरण हेमराज परिवर्तनले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार