कंगोमा मारिएका नेपाली सेनाका सिपाहीको शव ल्याइयो

अफ्रिकी मुलुक कंगोमा मारिएका नेपाली सेनाका सिपाहीको शव हिजो साँझ काठमाडौं ल्याइएको छ । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा खटिएको सेनाको डफ्फामा कार्यरत अनिल गुरुङ अज्ञात समूहको गोली प्रहारबाट मारिएका हुन् ।

उनको शव कतार एअरवेजको दोहा–काठमाडौं उडान नम्बर क्यु आर ६४७ बाट हिजो साँझ साढे ५ बजे काठमाडौंमा ल्याइएको हो ।

विद्रोहीले अज्ञात स्थानबाट चलाएको गोली लागेर गुरुङको गत मंगलबार निधन भएको हो । नेपाली शान्ति सेनाको पहिलो डफ्फामा कंगो गएका सुर्खेत, गुर्माकोट १४ निवासी गुरुङको उपचारको क्रममा मृत्यु भएको हो ।

गोली लागेपछि उनलाई हेलिकप्टरबाट थप उपचारको निम्ति बुनियाँस्थित लेबल २ अस्पताल लगिएकोमा उपचारको क्रममा निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार