दुवै स्क्रीनमा फिंगरप्रिन्ट सेन्सर भएको भिभो एक्स फोल्ड फोन सार्वजनिक

भिभोले दुवै स्क्रीनमा फिंगरप्रिन्ट सेन्सर भएको भिभोएक्स फोल्ड फोन सार्वजनिक गरेको छ । भिभोएक्स फोल्डमा क्वालकम स्न्याड्रयागन ८ जेन वान चिप प्रयोग गरिएको छ ।

यसमा अन्डर डिस्प्ले फिंगरप्रिन्ट रिडर पनि रहेको छ । फिगंरप्रिन्ट रिडर अल्ट्रासोनिक टाइपको रहेको छ । यो दुवै मेन र एक्सटर्नल स्क्रीनमा उपलब्ध रहेको छ ।

अहिलेको लागि यो डिभाइस चीनमा मात्रै उपलब्ध रहेको छ । फोनले ३ लाख फोल्डहरु खप्न सक्ने कम्पनीले बताएको छ । ओप्पोको एक लाख फोल्ड मात्रै रहेको थियो ।

फोनमा ५० एमपीको मेन क्यामेरा, ४८ एमपीको अल्ट्रा वाइड क्यामेरा, १२ एमपीको पोट्रेट क्यामेरा र ८ एमपीको पेरिस्कोपीक क्यामेरा रहेका छन् । फोनमा एन्ड्रोइड १२ चल्ने गर्दछ ।

यसमा ४६०० एमएएचको ब्याट्री रहेको छ । २५६ जिबी स्टोरेज भएको भर्सनको १ हजार ४१० डलर पर्ने गर्दछ र हाईयर एण्ड भर्सनको १ हजार ५७० डलर पर्ने गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार