खाना खाएको कति समयपछि पानी पिउने ?

पानी हाम्रो स्वास्थका लागि अति नै आवश्यक तत्व हो । त्यसैले विशेषज्ञले हरेक दिन ३ देखि ४ लिटर पानी पिउने सल्लाह दिन्छन् । चिकित्सकका अनुसार खाना खाने क्रममा पानी पिउनु हुँदैन । भोजन गरेको तुरुन्तपछि पानी पिउनाले एसिडिटी, ब्लोटिङजस्ता समस्या हुन सक्छ । जून मानिसले खाना खाएको तुरुन्तपछि पानी पिउँछ, उसलाई विभिन्न समस्या हुन सक्छ ।

खाना खाएको कति समयपछि पानी पिउने ?

स्वास्थ विशेषका अनुसार खाना पचाउन करिव २ घण्टाको अवधि लाग्छ । यहीबीच पानी पिउनुको असर पाचन प्रक्रियामा पर्छ । त्यसैले खाना खाएको करीव ४५ देखि ६० मिनेटपछि मात्र पानी पिउनु पर्छ । त्यसैले खाना खानुआधा घण्टा पहिला पानी पिउनु पर्छ ।

सही समयमा पानी पिउनुका फाइदा

खाना खाएको एक घण्टापछि पानी पिउनाले वजन नियन्त्रण हुन्छ ।
सही समयमा पानी पिउनाले पाचन राम्रो हुन्छ, पाचन तन्त्र बलियो हुन्छ ।
पेटमा ग्यास र एसिडिटीको समस्या हुँदैन ।
शरीरले भोजनमा समावेश पोषक तत्व राम्रोसंग अवशोषित गर्छ ।
सही समयमा पानी पिउनाले राम्रो निद्रा लाग्न पनि सहयोग पुर्याउछ ।
खानापछि तुरुन्त पानी पिउनु नोक्सानदायक

मोटोपनको समस्या
पाचन सम्बन्धि समस्या
ब्लड शुगरको स्तर बढ्ने समस्या
पेटमा ग्यासको समस्या

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार