भारतीय राजदूतको भोज : प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु लैनचौरमा

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आयोजना गर्नुभएको भोजमा उपस्थित भएर प्रधानमन्त्री शेरबहादुर देउवा केहीबेर अघि बालुवाटार फर्कनुभएको छ । उहाँ साढे ७ बजेदेखि आधा घण्टा दूतावासभित्र आयोजना गरिएको भोजमा सरिक हुनुभएको हो ।

राजदूत विनय मोहन क्वात्रा विदेश सचिवमा बढुवा भएपछि आयोजना गर्नुभएको बिदाई पार्टीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बावुराम भट्टराई पनि पुग्नुभएको छ ।

त्यसैगरी, गृहमन्त्री बालकृष्ण खाँणलगायत अधिकांश मन्त्री, सुरक्षा निकायका प्रमुखहरु, उच्च पदस्थ सरकारी कर्मचारी र काठमाडौंस्थित विभिन्न मुलुकका राजदूतहरु पनि भोजमा उपस्थित हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार