अमेरिकाबाट खतरा बढेको भन्दै चीनले वृद्धि गर्यो परमाणु हतियारको संख्या

काठमाडौं। चीनले अमेरिकाबाट आफ्नो सुरक्षामा खतरा बढेको कारण देखाउँदै परमाणु हतियारको संख्या बढाउन खोजेको एक रिपोर्टले जनाएको छ।

वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकाले चिनियाँ सुरक्षामा धावा बोल्ने खतरा बढेको भन्दै चीनले आफ्ना परमाणु हतियारहरूको संख्या बढाउन खोजिरहेको छ।

खबरअनुसार चीनले अमेरिकी खतरासँग जुध्नको लागि आणविक हतियारलाई बलियो बनाइरहेको छ।

चीनको पश्चिमी क्षेत्रहरुमा १०० भन्दा बढी मिसाइल साइलोहरूको निर्माण भएको देखिएको छ।

मिसाइल साइलो त्यस्तो ठाउँ हो जहाँ आणविक हतियार राखिन्छ। त्यहाँ त्यसलाई मर्मत गरिनुको साथै त्यहीँबाट मिसाइल प्रहार पनि गर्न सकिन्छ।

अमेरिकाले हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरेको भनिएको केहीदिनमै चीनले परमाणु हतियारको संख्या बढाइरहेको खबर आएको हो।

हाल रुस–युक्रेन द्वन्द्वमा अमेरिका मस्कोप्रति ज्यादै आक्रामक देखिरहेको छ। अमेरिका चीनको पनि कटु आलोचक हो।

चीनले दाबी गर्ने ताइवानलाई अमेरिकाले उक्साइरहन्छ भने प्रविधि, व्यापारको विषयमा अमेरिकासँग चीनको सम्बन्ध राम्रो छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार