एजेन्सी । एएफसी फुटसल एसियन कप छनोट अन्तर्गत आज नेपाल र अफगानिस्तानबीच अन्तिम खेल हुँदैछ ।
नेपाली समय अनुसार दिउँसो पौने दुई बजे किर्गिस्तानमा उक्त खेल सुरु हुने भएको हो । नेपाल पहिलो खेलमा उज्बेकिस्तानसँग ५–१ र दोस्रो खेलमा ताजिकिस्तानसँग ११–१ ले पराजित भएको थियो ।
छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’मा रहेको नेपाल बाहिरिसकेको छ । आजको खेलमा अफगानिस्तानलाई हराउन सके नेपालको सान्त्वना जित हुनेछ ।