रुसले स्वीडेन र फिनल्याण्डलाई दियो नेटोमा सामेल नहुन चेतावनी

एजेन्सी । रुसले स्वीडेन र फिनल्याण्डलाई अमेरिकी सैन्य गठबन्धन नेटोमा सामेल नहुन चेतावनी दिएको छ ।

यी दुई मुलुकले यो कदमले युरोपमा स्थायित्व कायम हुन नसक्ने भन्दै रुसले यस्तो चेतावनी दिएको हो ।

रुसको राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्रि पेसकोभले यो गठबन्धन द्वन्द्व निम्त्याउने उपकरण रहेको बताए ।

यसअघि अमेरिकी रक्षा अधिकारीले युक्रेनमाथि आक्रमण गर्नु रुसको सबैभन्दा ठूलो रणनीतिक भूल भएको बताएका थिए ।

साथै आगामी जुन सम्ममा स्वीडेन र फिनल्याण्ड पनि नेटोको सदस्य बन्न सक्ने उनको भनाइ थियो। यससँगै नेटोको सदस्य राष्ट्रको संख्या ३२ पुग्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार