बेमौसमी मुला बारीमै कुहियो

तुलसीपुर  । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ हरियाबासमा झण्डै पाँच लाख बराबरको बेमौसमी मुला बारीमै कुहिएको छ ।

मुलामा किरा लाग्ने, कम समयमै काठ लाग्ने भएपछि क्षति भएको किसान केशरबहादुर खड्काले बताउनुभयो । गतवर्ष एक कट्ठा क्षेत्रफलमा लगाएको मुला झण्डै १२ हजारमा बिक्री भएको र यस वर्ष मुला बारीमै फाल्नु परेको खड्काले बताउनुभयो । यो वर्ष पाँच कट्टा क्षेत्रफलमा लगाएको मुला एक लाखसम्म बिक्री हुने अनुमान भएको खड्काले बताउनुभयो । मुलाको बिउ राम्रो नभएकोले मुला बिक्रीमा समस्या आएको खड्काले बताउनुभयो ।

तुलसीपुर उप–महानगरपालिका वडा नं. ३ हरियाबासका झण्डै १३ घर परिवारले पाँच बिगाह क्षेत्रफलमा लगाएको बेमौसमी मुला बारीमै कुहिएर फाल्नु परेको अमृता खड्काले बताउनुभयो । चार कट्ठा क्षेत्रफलमा लगाएको मुलामा मल, बिउ र परिश्रम खेर गएको खड्काले बताउनुभयो । फागनु १०÷१२ मा लगाएको मुला ४५ दिनमा बिक्रीको लागि तयार हुने कुमार खड्काले बताउनुभयो । मुलाको बिउ उन्नत जातको नभएकाले औषधि प्रयोग गर्दा पनि औषधिले काम नगरेको मुलामा सानो रेसाजस्तो किरा भित्र भित्रै फैनिने, मुलामा ढोर र अत्यधिक कडा खालको तथा पिरो मुला भएकोले बजारमा बिक्री नभएको खड्काले बताउनुभयो ।

तुलसीपुर उप–महानगरपालिका कृषि विकास शाखा तुलसीपुरका प्रमुख धनराज गौतमले अध्ययन गरेर मात्रै मुलाको रोग, किरा बारेमा बताउनुभयो ।
-नयाँ युगबाेध दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार